Priya Sufi (प्रिय सुफी) by Subin bhattarai- Book review
Priya Sufi (प्रिय सुफी) by Subin Bhattarai - Book review
![]() |
Priya Sufi by Subin Bhattarai |
समर लभ , साया , मनसुन जस्ता उत्कृस्ट कृति लेखेका सुबिन भट्टराईको अर्को कृति हो प्रिय सुफी ।एउटी कतिले गाडीमा यात्रा एउटा केटाले आफ्नो ज्यानको माया नगरी सहजै त्याग्ने कोसिस गरेको सुनेपछि केटाका बुबा आमा र केटालाई एउटा कथा सुनाउने प्रसङ्ग बाट उपन्यासको मुख्य भाग सुरु हुन्छ। यस किताबमा सदा नाम गरेकी पात्रले रोगको कारण दुई वर्ष ओछ्यानमा केहि गर्न नसक्ने गरि लम्पसार परेर उसले त्यो समयमा भोगेको अनुभबहारुलाई सरल र मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । पात्रले भोगेको सारीरिक कठिनाइ , उसले सानै देखि बुझ्न नसकेको उसको परिवारजनको माया , जस्तो परिस्थितिमा पनि आफुलाई प्रेम गर्न सक्छ भन्ने सोचेको उसको प्रेमीले छोडेर गएको ब्यथा र जीवनबाटनै हार खाने मनोस्थितिलाइ लेखकले दर्साएका छन्। "आफ्नो युनिभर्सिटीमा जिन्दगि नाउको बिसय पढिराख, एक दिन पास हुनेछौ" यो लाइने जिन्दगीमा हार खाएर जिन्दगी संग जित्न सकिदै भन्ने मान्छेलाई राम्रो सिक दिएको छ । येस्ता धेरै भागहरु छन् जहाँ लेखकले रुवाएका पनि छन् , रिस पनि उठाएका छन् , जिन्दगीबाट आस मारेकी सदाको माध्यम बाट जस्तै "बाँच्ने कारणहरु अपर्याप्त भए , त्यहि कारण खोज्नलाई भएपनि बाँच्ने" जस्तो लाइनको प्रयोग गरेर जिन्दगीको पानाम रंग भरिदिने पनि सिकाएका पनि छन् ।
आफ्नो घरमा आफूभन्दा कान्छो सन्तान छ भने उसले धेरै माया पाएको हामीलाई पनि महसुस हुन्छ । यहाँ पनि सदा कि बहिनीले धेरै माया पाएको भनेर उसले बहिनीलाई सधै दुख दिने, माया नगर्ने गर्छे तर बहिनि भने सबै कुरालाई सहजै स्विकार्छ । जब सदालाइ साहार चाइएको हुन्छ उसको छेउमा बस्ने सुफी मात्र रहेकी हुन्छे । एउटै कोखबाट जन्मेको सन्तानमा पनि धेरै भिन्नता हुन्छ कोहि भने धैर्य भएको, पढाईमा अब्बल भएको हुन्छ भने कोहि अस्थिर , चंचल हुन्छ तर आपत पर्दा माया, स्याहारको सवालमा त्यहि भिन्नताहरु लाइ छिछोलेर मायाले नै जित्छ भन्ने कुरा लेखले सुफी र सदाको मार्फतबाट प्रस्तुत गरेका छन् ।
"जिन्दगी,
तिमि आसुको खहरे लिएर आउ म मुस्कानको सागर लिएर आउला।
जिन्दगी,
तिमि रोगको डढेलो लाग्यौ भने, म भित्र धैर्यको बर्षा हुनेछ।
जति दुख देउ, सताउ , घृणा गर , घात गर , निमोठ , म तिमीलाई
एकोहोरो प्रेम गर्छु , गरिरहनेछु । "
मेरो मन छोएको र सबैभन्दा खास लागेको लाइनहरु मध्ये यी लाइनहरु मेरो निकट छन्। जिन्दगीबाट हार खाने परिस्थितिमा पुगेकी पात्र लाइ जीवन त्याग्ने एक कारण छ र जिउने दस कारण देखाएर यो किताब पढ्ने सबैलाइ जिन्दगी जिउने कारणहारु सरल ढंग ले र अहिले धैर्य कम भएका युवाहरुले पनि कनेक्ट गर्न सक्ने तरिकाले प्रस्तुत गरेका छन् । जिनाद्गीको भोगाइ लाई जस्तो परिस्थिति आएपनि केहि बाट डराउने छैन र जीवनमा जति जे सकिन्छ तेती गरेर जीवनको खेलमा अन्तिम सम्म टिक्ने सन्देस बोकेको यस किताब सबै युवा बर्गले पढ्नु पर्ने एक किताबको रुपमा मलाई लागेको छ ।
अन्य कृति हरु पढेकाले सुबिन जी संग धेरै एक्स्पेक्टेसन राखेकोले होला लेखक अलिक पोखिन नसकेको हो कि भन्ने बाभ मलाई लागेको छ । सुफिको धैर्यता बाट हामीलाई पनि सहन्सिल हुन सिकाए पनि हार्मो जीवन संग कनेक्ट हुन सुफी धेरै नै सरल र आइडियल पात्र बनाएको जस्तो लाग्यो । सदाको प्रेमको मार्फत अहिलेको प्रेम मान्छेको बनोट, रुपरंग हेरेर गरिन्छ र उसको सुखमा मात्र साथ हुन्छ भन्ने कुरा त भनिएको छ तर सार्थक संगको प्रेम चै किताबलाई रोमाञ्चक राख्न हालेको जस्तो लग्यो ।
"जीवनमा मुखले प्रेम गर्छु भन्नेहरु कदम कदममा तर प्रेमको कठोर परिक्षा दिनुपरे सबैले दम तोड्ने गर्छन ।"
समग्रमा यो किताब अहिलो युवा बर्गले पढ्नुपर्ने किताब हो । धैय, हिम्मत, प्रेम, माया, स्नेह, जिन्दगीका पिडा, जिन्दगीको महत्यो, जिउने आधार भएको यस किताब मेरो चै मनपर्ने लिस्ट मै पर्यो। अबस्य पढ्नु होला ।

Loved it ������ niceee truth ! Keep going
ReplyDeleteThank you <3
DeleteNicee one ❤️
ReplyDeleteMGM Grand Casino - Mapyro
ReplyDeleteMGM Grand Casino · Dining 창원 출장마사지 · Entertainment · Nightlife · Bars and 구리 출장안마 Events. · Rooms · Entertainment. All 충주 출장샵 rights reserved. Map. MGM Grand Casino. Distance to 태백 출장샵 The 제천 출장샵